खालिस्तानीहरूले मनाए इन्दिरा गान्धीको हत्याको उत्सव 

1.8kViews
0 Shares

काठमाडौं, २५ जेठ । क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको बिरोधमा झाँकी प्रदर्शन गरेका छन । 

उनीहरुले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।

उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।

कांग्रेसले पनि यसको आलोचना गरेको छ ।

इन्दिरा गान्धीको हत्यालाई क्यानडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ । विदेशमन्त्री एस जयशंकरले पनि क्यानडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए।

कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दैै भने, ‘यो पक्ष लिने कुरा होइन तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो।’ 

कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् ।

अमृतसरको गोल्डेन टेम्पलबाट आतंककारीहरूलाई धपाउन भारतीय सेनाले अपरेशन ब्लू स्टार सुरु गरेको थियो। यस अपरेशनको विरोधमा इन्दिरा गान्धीको आफ्नै गार्डले हत्या गरेको थियो।
 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय