कोप २८ मा भाग लिन आज यूएई जाँदै प्रधानमन्त्री दाहाल
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ ।
कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले नेपालजस्ता अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ ।
कोप २८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१ वर्ष अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि