• Home
  • समाचार
  • घाँसीकुवामा बस दुर्घटना, २ को मृत्यु ३४ घाईते
Image

घाँसीकुवामा बस दुर्घटना, २ को मृत्यु ३४ घाईते

काठमाडौं । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाईते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन । ३४ जना घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ ।

धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *