केराको बुङ्गो सेवन गर्नुका फाईदाहरु यसप्रकार छन्

865Views
0 Shares

काठमाडौं । पुष ६ गते

प्रायः सबैलाई केरा मनपर्ने फलफूल हो। पहेँलो फलफूलले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्‍याउने भएकोले केरा निकै फाइदाजनक छ। विकास उन्मुख राष्ट्रलाई हेर्ने हो भने धान, गँहु, मकै पछिको मुख्य खाद्य बालीको रुपमा केरालाई लिने गरिन्छ।खाद्य तथा कृषि संगठनको २०१७ देखि २०१९ को तथ्याङ्ग हेर्ने हो भने यसको वार्षिक उत्पादन विश्वमा ११६ मिलियन टन छ जसको मुल्य ३१ बिलियन अमेरिकन डलर हुन्छ। सन् २०१९ को तथ्याङ्क अनुसार नेपालमा केराको वार्षिक उत्पादन दुई लाख अठ्ठत्तर हजार आठ सय नब्बे टन छ।केरा जस्तै केराको बुङ्गो पनि हाम्रो शरीरको लागि धेरै नै फाइदाजनक छ।

गाउँघरतिर केराको बुङ्गो सलाद सुप र अचार बनाएर सेवन गर्ने गरिन्छ। केराको बुङ्गाको अचार निकै स्वादिलो हुन्छ। अचार बनाउन धेरै गाह्रो पनि छैन। बुङ्गाको पत्र९पत्र फूल निकालेर त्यसैको अचार बनाइन्छ। यसका लागि उक्त पत्रे फूल बफ्याउनुपर्छ। यसमा नुन, खुर्सानी र छोप राख्नुपर्छ। त्यसमाथि कागतीको रस भए झन् काइदा हुन्छ।

यसलाई तपाईंले फरक ढंगले पनि तयार गर्न सक्नुहुन्छ। गाउँघर तिर केराको बुङ्गो खाने प्रचलन भए पनि सबैले यसको महत्व बुझेर सेवन गरेको पाईदैन।केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन्। यी अनुसन्धानबाट केराको बुङ्गा स्वास्थ्यको लागि लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ। केराको बुङ्गामा मानव शरीरलाई चाहिने प्रचुर मात्रमा भिटामिन सी, म्यागनिसिएम, आईरन, पोटास, फाईबर, क्यालसियम, कपर, क्यारोटिन र अन्य धेरै पोषक तत्व पाईन्छन्।

केराको फूलमा क्यालोरी – ५१ ग्राम,प्रोटिन – १।६ ग्राम,चिल्लो – ०।६ ग्राम,कार्बोँहाईड्रेड – ९।९ ग्राम,क्याल्सियम – ५६ मिलिग्राम फस्फोरस – ७३।३ मिलिग्राम,आइरन – ५६।३ ग्राम,कपर – १३ मिलिग्राम,पोछासियम – ५५३।३ मिलिग्राम,म्याग्नेसियम – ४८।७ मिलिग्राम,भिटामिन ई – १।०७ मिलिग्राम पाइृन्छ । केराको बुङ्गो सेवन मधुमेहका बिरामीको लागि फाइदाजनक मानिन्छ। केराको बुङ्गोको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ। केराको बुङ्गोमा अत्यधिक आईरनको मात्रा पनि पाइने हुनाले रक्तअल्पताबाट बच्न यसको सेवन गर्न सकिन्छ।

महिलामा महिनावारी अनियमित छ भने केराको बुङ्गो सेवन गर्नाले नियमित महिनावारी हुन्छ। त्यस्तै यसको सेवनले महिलाको तल्लो पेटको दुखाईमा आराम मिल्छ। केराको बुङ्गो सेवन गर्नाले कब्जियतको समस्या हराउँछ। केराको बुङ्गो सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि हुन्छ।

केराको बुङ्गोले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ। यसको सेवनले मिर्गौलामा पत्थरि पर्ने समस्या कम हुन्छ। यसको सेवनले पेटमा हुने समस्यहरु हटेर जान्छ। उच्च पोषणयुक्त केराको बुङ्गाले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ।

यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाईने भएकोले डिएनएलाई क्षति गर्ने ‘फ्रि’ रेडिकल हटाउने काम एन्टिअक्सिडेन्टले गर्दछ।त्यस्तै फाईबरको मात्रा पनि प्रशस्त हुने हुदाँ आन्द्रामा हुने घाउ कम गर्नुमा साथै क्यान्सर बाट पनि बचाउँछ। भिटामिन सी प्रचुर मात्रामा पाईने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रुघाखोकी र दमबाट पनि बचाउँछ।

केराको बुङ्गा संक्रमणबाट बच्न उपयोगी मान्ने गरिएको हुन्छ। किनकि, यी बुङ्गाहरुमा इथेनल हुन्छ। जुन रोग प्रतिरोधात्मक ब्याक्टेरियाको विकासलाई रोक्न मद्दतदायक हुन्छ। शरीरमा लाग्ने कुनै चोट या घाउको उपचारका लागि समेत केराको बुङ्गा सहायकसिद्ध हुने गर्छ। यो बुङ्गाको सेवनले मलेरिया सम्बन्धी परिजीवी या ब्याक्टेरियालाई नष्ट गर्न समेत मद्दत गर्छ ।

अधिकांश महिलामा बच्चालाई जन्म दिएपछि दूध उत्पादन कम हुने हुँदा बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन्। महिलाले दूध उत्पादनको क्षमता वृद्धि गर्न आफनो आहारमा केराको बुङ्गा सामेल गरेर खाएमा राम्रो हुन्छ। केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ।

जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ। गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ। त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन् ।

फाइबर र अन्य पोषक तत्वका लागि र वजन घटाउन केराको बुङ्गा राम्रो विकल्प हो। नियमित केराको बुङ्गा सेवन गर्नुले पेट हुन्छ। यसमा रहेको फाइबरले पाचनतन्त्रलाई स्वस्थ्य राख्ने र भोकलाई नियन्त्रित गर्ने गर्छ। यसो हुँदा पटक पटक भोजन गर्ने आवश्यकता रहँदैन । यसबाट हाम्रो तौललाई समेत नियन्त्रणमा राख्न सकिन्छ ।

केराको बुङ्गामा म्याग्नेसियमको उच्च मात्रा हुन्छ जसको कारण यो मूडमा सुधार हुनसक्छ। तसर्थ मानसिक स्वास्थ्यलाई राम्रो बनाउनको लागि केराको बुङ्गा एक औषधीय विकल्प हो।साथमा हामीलाई तनाव र चिन्ताबाट पनि यसको सेवनले मुक्ति दिन सकिन्छ। नियमित आहारमा केराको बुङ्गालाई बिना कुनै अपशोच सेवन गर्न सकिन्छ र सेवन गर्दा शरीरलाई निकै फाईदा हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय