किरात समुदायको उधौली पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदै

1.8kViews
0 Shares

काठमाडौं । प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ ।यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । आजको दिन किराती समुदायले उधौली वा धान्यपुर्णिमा मनाउने गर्दछन् । यता नेवारी समुदायले यःमरि पुन्हि वा ज्यापु दिवस आजै मनाउने गर्दछन् । आजको दिन पूर्णिमा व्रतका लागि विशेष मानिन्छ। दत्तात्रेय जयन्तीसमेत आजै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय