Trending

कानुनमन्त्री चौरसिया राजीनामा तयारीमा, सिंहदरबारमा आन्तरिक छलफल जारी

3.3kViews
9 Shares

काठमाडौँ  – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया सरकारबाट राजीनामा दिने तयारीमा रहेको जनाइएको छ। सिंहदरबारस्थित मन्त्रालयमा अहिले उनी आन्तरिक छलफलमा व्यस्त छन्, जहाँ उनी नेताहरूको सल्लाहमा निर्णय लिन खोजिरहेका छन्।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि यस्तै छलफलपछि राजीनामाको घोषणा गरिसकेका छन्। सचिवालयका एक सदस्यका अनुसार, “कृषिमन्त्री छलफलबाट बाहिरिएर राजीनामा घोषणा गर्नुभयो। कानुनमन्त्री छलफलमा हुनुहुन्छ र नेताहरूको सुझाव लिँदै हुनुहुन्छ। निर्णय चाँडै आउन सक्छ।”

यस घटनाक्रमसँगै सरकारमा असन्तोष बढ्दो छ। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफूनिकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएपछि सरकारभित्रको संकट अझ चुलिएको देखिन्छ।

सरकारबाट अलग हुने रणनीति अन्तर्गत चौरसियाको राजीनामा आउने सम्भावना उच्च देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय