• Home
  • ताजा समाचार
  • उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की
Image

उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सम्हाल्ने भएका छन्। भदौ १८ गते एआईजी टेकबहादुर तामाङ अवकाश भएपछि यो पद खाली भएको थियो।

जेनजी प्रदर्शनलाई ध्यानमा राख्दै आजबाटै एआईजी कार्कीलाई उपत्यका प्रहरी प्रमुखको रूपमा नियुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए। उनका अनुसार बिहानैदेखि प्रदर्शनकारी भेला हुन थालेका कारण प्रहरी बल पनि बिहानैदेखि परिचालन गरिएको छ।

प्रहरी प्रमुखको पद खाली भएको कारणले हिजोको जेनजी प्रदर्शनमा १९ जनाले ज्यान गुमाउनुपरेको पनि बताइएको छ। यसअघि अस्थायी रूपमा डीआईजी ओम रानाले प्रमुखको जिम्मेवारी सम्हालेका थिए। तर अब उनलाई हटाएर एआईजी कार्कीलाई औपचारिक रूपमा कमाण्ड दिइएको हो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *