काठमाडौंका अव्यवस्थित तार हटाउन सुरु (फोटोफिचर)
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २५ बैशाख । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।
गत आज बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए ।
जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि