कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

1.2kViews
0 Shares

काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग शाहीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । आज राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेका सांसद उठे । अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए ।

यसपछि श्रेष्ठले चालु अधिवेशनको पहिलो बैठक आज कांग्रेस नेता रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीलाई जोडेर दिएको अभिव्यक्तिको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनको मागअनुसार अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने र जानकारी गराउन बताए ।

यसपछि एमाले सांसदहरु आ–आफ्नो सिटमा बसेपछि अहिले बैठक चलिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय