‘कसौटी जिन्दगी कि’ अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप

1.4kViews
0 Shares

मुम्बई, ४ असार । एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि  घरेलु हिंसाकाे आरोप लागेकाे छ ।

उनी माथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन् ।

ती महिलाले आफू शीजानको पत्नी भएको भन्दै अभिनेताविरुद्ध एफआईआर दर्ता गराएकी छन् । आयशाले आफूलाई शीजानले हातपात पनि गरेको दाबी गरेकी छन् ।

‘उसले मलाई कोठामा बन्द गर्थ्याे र स्काइपमा अन्य युवतीहरुसँग फ्लर्ट गथ्र्यो । उसले मलाई तिमीसँग विवाह गरें, तिमीलाई आफ्नो जीवन दिन सकिनँ भन्थ्यो । यो उसको नियम संवाद थियो । मैले फलफूल ल्याउन बिर्सदा उसले मलाई यस्ता शब्द प्रयोग गर्थ्याे कि अहिले म त्यो भन्न सक्दिनँ’, उनले भनेकी छन् ।

आयशाको दाबी अनुसार शीजानले सन् २०१५ मा उनीसँग विवाह गरेका थिए । तर अभिनेताले उनलाई विवाह गरेको कुरालाई लुकाई राख्न भनेका थिए । त्यसको केही समयपछि शीजानले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । ‘म एक मुस्लिम महिला हुँ र मुस्लिम कानून अनुसार म अहिले पनि विवाहित छु । मैले उसलाई खर्च गरेको पैसा म असुल्न चाहन्छु । उसको कारण म मानसिक रुपमा जे भोगिरहेको छु, मलाई त्यसको मुआब्जा चाहिएको छ । म विवाह गर्न चाहन्छु र कानूनी रुपमा मुस्लिम कानून अनुसार ‘खुलानामा’ चाहन्छु’, आयशाले भनेकी छन् ।

आयशाले गत ७ जूनमा अभिनेतामाथि एफआईआर दर्ता गराएकी थिइन् । उनले शीजानले ग्रीन कार्ड पाउनका लागि आफूलाई उपयोग गरेको आरोप लगाएकी छन् । उनले खानसँग ८ लाख रुपैंयाँ मुआब्जा मागेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय