Trending

कतारले स्वीकार गर्यो भारतीय नौसेनाका अधिकारीको याचिका

1.6kViews
0 Shares

काठमाडौं । कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाई गर्ने पनि जनाइएको छ । यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो । कतार अदालतले बिहीबार भारतको याचिका स्वीकार गर्दै थप अध्ययन गरेर छिट्टै सुनुवाई सुरु गर्ने छ । भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारको देहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस नामक कम्पनीमा काम गरिरहेका थिए ।

उनीहरु सबैलाई सन् २०२२ को अगस्टमा पक्राउ गरिएको थियो । कतार सरकारले पूर्व नौसेना अधिकारीहरू विरुद्धको आरोपको बारेमा भने जानकारी दिएको छैन । अक्टोबर २६ मा कतार अदालतले यी पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय