कतारले स्वीकार गर्यो भारतीय नौसेनाका अधिकारीको याचिका
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाई गर्ने पनि जनाइएको छ । यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो । कतार अदालतले बिहीबार भारतको याचिका स्वीकार गर्दै थप अध्ययन गरेर छिट्टै सुनुवाई सुरु गर्ने छ । भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारको देहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस नामक कम्पनीमा काम गरिरहेका थिए ।
उनीहरु सबैलाई सन् २०२२ को अगस्टमा पक्राउ गरिएको थियो । कतार सरकारले पूर्व नौसेना अधिकारीहरू विरुद्धको आरोपको बारेमा भने जानकारी दिएको छैन । अक्टोबर २६ मा कतार अदालतले यी पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि