• Home
  • समाचार
  • मुक्तिनाथ कृषि कम्पनीले गर्यो आइपीओ निष्काशन
Image

मुक्तिनाथ कृषि कम्पनीले गर्यो आइपीओ निष्काशन

काठमाडौं । आजदेखि सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आइपीओ निष्काशन गरेको छ । यो कम्पनी कृषि क्षेत्रमा काम गर्ने देशकै पहिलो पब्लिक कम्पनी पनि हो । मुक्तिनाथ विकास बैंक, क्यापिटल लगायतका प्रमोटरहरुकै लगानीमा यो कम्पनी स्थापना भएको हो ।

यो कम्पनी कृषि क्षेत्रबाट आइपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो । आजदेखि बिक्री खुल्ला भएको यो कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु। १०० का दरले बिक्री खुलाएको हो ।

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो । कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *