एनआइसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै

3.2kViews
8 Shares

काठमाडौं, मंसिर ०३ ।  एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।

उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

बैंकको अनुसार सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।  यी कम्पनीको  सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडांैको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:57 am6:08 pm +0545
Feels like: 13°C
Wind: 5km/h NW
Humidity: 79%
Pressure: 1010.5mbar
UV index: 0
4 am5 am6 am7 am8 am
12°C
12°C
11°C
12°C
15°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय