इङ्लिस प्रिमियर लिगः बर्नलीमाथि लिभरपुलको सहज जित
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो।लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए।
१९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो । १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ।
१ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि