Trending

आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने, तालिका हेरेर मात्र हिड्नुहोस्

670Views
0 Shares

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधिन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो । हिजो देखी बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन पुर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ ।

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारी साधानहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारी साधान मुग्लिङ बजार देखी मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखी पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारी साधानहरू पन्ध्रकिलो बजार देखी जुगेडीसम्म रोकिनेछन ।

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधान भने लेवाटार र सत्रसय फाँटमा रोकिनेछन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधानहरू भतेरी जंगल देखी रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ । उसका अनुसार यो यात्रा अबरोध पुस ७ देखी २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार ब्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय