• Home
  • समाचार
  • निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक
Image

निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ।  शुक्रबार थापथलीस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले चर्चित ७ सिटर एसयूभी एक्स–ट्रेलको चौथो जेनेरेशन सार्बजनिक गरेको हो ।

कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स–ट्रेल सार्वजनिक गरेको हो। सन् २००१ मा एक्स– ट्रेलको उत्पादन सुरु भएको हो। विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स– ट्रेल गाडीहरू बिक्री भएका कम्पनीले जनाएको छ। विश्वको लोकप्रिय फ्यामिली लक्षित एडभेन्चर सवारी साधन भएको कम्पनीको जिकिर छ।

गाडीमा ई–पावरबाट इजी ड्राइभ अनुभव प्राप्त गर्ने सकिने छ। यसैगरी नयाँ ट्विन–मोटर, इ–फोर्स अल–ह्विल ड्राइभ प्रणालीसहित ड्राइभिङमा आत्मविश्वास र अझै राम्रो नियन्त्रण गर्न सक्ने फिचर रहेको कम्पनीले जनाएको छ। यो सेग्मेन्टमा सात सिट भएको एसयुभी हो। यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो सेग्मेन्ट मै उच्चस्तरको सुविधा प्रदान गर्दछ गर्ने कम्पनीको दावी छ।

कम्पनीका प्रबन्ध निर्देशक सन्दीप शारडाले नेपालमा नयाँ एक्स ट्रेल ई–पावर पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा आफुहरु खुसी भएको बताए। एक्स ट्रेल ई–पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयुभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुने उनले बताए।

कम्पनीले गाडी दुईवटा भेरियन्टमा ल्याएको छ। जसलाई एल १ र एल ३ भनिएको छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ। यसको लम्बाई ४ हजार ६८० एमएम, उचाई १७२५ एमएम र चौडाइ १८४० एमएमको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *