आजको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन्र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन्र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
१ वर्ष अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि