अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
२२ कात्तिक
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो पराजयलाई ट्रम्पले स्वीकारेका छैनन् । आफू पुनः निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पले संकेत गर्दै आएका छन् ।
‘भोलीको धेरै महत्वपूर्ण निर्वाचनबाट डाइर्भट नहुनु । मैले नोभेम्बर १५ मा फ्लोरिडास्थित मार ए लागामो धेरै महत्वपूर्ण घोषणा गर्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा ओहियोमा आयोजित एउटा प्रशन्न भिडलाई भने ।
आफ्ना राष्ट्रपतिकालमा विभिन्न विवादास्पद निर्णयका कारण ट्रम्प विवादमा तानिएका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि