अर्किटेक्ट बिजया र HiLife Food का एडमिन हेड सुमन वैवाहिक बन्धनमा, प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा दुवै परिवारको धूमधाम समारोह
By YOUTV Nepal
५ महिना अगाडि
Comments: 0

काठमाडौं– डिजाइन क्षेत्रमा सक्रिय अर्किटेक्ट बिजया न्यौपाने र HiLife Food का एडमिन हेड सुमन काफ्ले वैवाहिक बन्धनमा बाँधिएका छन्।
दुवै परिवारको मुख्य विवाह समारोह भक्तपुरको थापा पार्टी प्यालेसमा सम्पन्न भएको थियो।
त्यसपछि स्वागत कार्यक्रम कपनस्थित कर्की इभेन्ट्समा हर्षोल्लासपूर्ण माहोलमा आयोजना गरियो।
दुवैजना पेशाले इन्जिनियर भएकाले, काम र क्रिएटिभ परियोजनामा मिल्ने तालमेलले नै उनीहरूको सम्बन्ध अझ गहिरो भएको परिवारजनले बताए।
एकअर्काको सोच, मेहनत र पेशागत यात्रामा देखिएको साथले दुवैको भविष्य अझ उज्यालो रहोस् भन्ने धेरैको विश्वास छ।
स्वागत समारोहमा धेरै इन्जिनियर, डाक्टर, मिडियाकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
तिनको सहभागिताले कार्यक्रम झन् माहोलिलो र उत्साहपूर्ण बनेको थियो।
अतिथिहरूले दुवैलाई व्यक्तिगत जीवनसँगै पेशागत यात्रामा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरेका थिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि