Trending

अमेरिकाको पहलमा इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम

1.0kViews
0 Shares

काठमाडौं । अमेरिकाको पहलमा इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको छ । ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् ।उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगति भइरहेको ब्रिफिङ पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ ।

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रम गरेको थियो । बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । करिब ४०० जना बेपत्ता छन् । हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय