• Home
  • समाचार
  • प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा
Image

प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

काठमाडौं। भोलि मंसिर ७ गते दुइवटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापना गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।नेकपा एमाले निकट युवा संघ र झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो संख्यामा मानिसहरु भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन्।

युवा संघका नेता महेश बस्नेत र प्रसाईंवीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो। त्यसपछि दुइ समूहका अगुवाले भोलि ७ गते काठमाडौंमा ठूलो संख्यामा मानिसहरु उतारेर आफ्नो शक्ति प्रदर्शन गरेर एकअर्कालाई देखाउने धम्की दिएका छन्। उपत्यका बाहिरबाट धेरै मानिसहरु काठमाडौंमा जम्मा भएर दुइ समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रवन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकिकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रवन्ध गरिएको बताए। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको छ।

प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरुमा उपत्यका बाहिरबाट आएका मानिसहरुको जमघट हुँदा सम्भावित घुसपेठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ। ती स्थानहरुलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताईएको छ। दुर्गा प्रसाईं समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि मिसिने सम्भावनाको सूचना पाएकाले प्रहरीले निगरानी बढाउँदै सुरक्षा बढाएको बताएको छ।

प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरु र राजसंस्था पुनर्वहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बध्द सूत्रले बताएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • gratis binance-konto says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *