अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने

1.4kViews
0 Shares

काठमाण्डाै पुस २१

ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जस्सीले हिजो बुधवार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ति निकालेर विश्वभरको अनिश्चित अर्थव्यवस्थाका कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कम्पनीले गएको नोभेम्बरमा १५ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । अवस्था झन् खराब हुँदै गएको भन्दै तीन हजार जना थपेर अब १८ हजार कर्मचारीलाई यसै महिनाभित्र हटाइने खबरमा उल्लेख छ ।

अमेजन कम्पनीको व्यापार र नाफा तीव्र गतिमा घटिरहेको छ । सीईओ जस्सीले अनिश्चित अर्थतन्त्रका कारण सन् २०२३ अझ गाह्रो हुने भएकाले अमेजन कम्पनीले खर्च कटौतीका विभिन्न उपाय लिनुपरेको बताउनुभएको छ । सुरुमा कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि अनुरोध गर्ने र दोस्रो विकल्पमा कामबाट निकाल्ने कम्पनीको योजना रहेको छ । अमेजनबाट हटाउने कर्मचारीको अफ्ठेरो समाधान गर्न विशेष आर्थिक प्याकेज दिने सीईओ जस्सीले बताउनुभएको छ । आर्थिक प्याकेजहरूका साथै सङ्क्रमणकालीन स्वास्थ्य बीमा र अरू कम्पनीमा नियुक्तिका लागि पनि पहल गर्ने अमेजनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय