झाङ्गियो भ्रष्टाचार,अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

770Views
0 Shares

काठमाडौं । साउन २ गते
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८–७९ मा ती उजुरी परेका हुन् । सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको अख्यिारले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७–७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । ‘कुल २४ हजार २४१ उजुरीहरु रहेको मध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिव ७०.५३ प्रतिशत हुन आउँछ,’ प्रवक्ता भण्डारीले भने ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भन्दा गत आर्थिक वर्ष २०७८–७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् । गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए ।आर्थिक वर्ष २०७७–७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा (६४.२३ प्रतिशत) उजुरी पछर्यौट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय