Trending

बाराको पचरौतामा बोक्सी आरोपमा महिलामाथि कुटपिट

855Views
0 Shares

काठमाडौं । असार १४ गते
बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ ।अन्सारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अन्सारी, फुलमहमद अन्सारी, तबरेज अन्सारीसहितको समूहले आफूमाथि कुटपिट गरेको उनले बताइन् ।

उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन गएकी उनकी भाउजू सकिना खातुनसमेतलाई कुटपिट गरी घाइते बनाइएको छ । घाइते दुवैजनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिटगर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय