बजेटमाथि छलफल गर्न आज पनि बागमती प्रदेशसभा बैठक बस्दै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार १४ गते
मंगलबार पनि बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
सोमबार बसेको बैठकमा नौवटा विषयगत मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।
प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको भन्दै आरोप लगाएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि