Trending

युक्रेनको एक सपिङ महलमा रुसी मिसाइल आक्रमण, १६ जनाको मृत्यु

975Views
0 Shares

काठमाडौं । असार १४ गते
क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ महलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।

‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने । सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए ।
क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय