आजदेखि बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिइँदै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ९ गते
सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिका लाई विद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि