आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसुची
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ९ गते
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि