Trending

बारामा जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

830Views
0 Shares

काठमाडौं । असार ८ गते
बारामा १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् । पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका–७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका(१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर बन्धक तुल्याई जबर्जस्ती करणी गरेको आरोप छ ।

जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारसमेतको कसूर गरेको र अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई ३ असारमा कलैया उपमहानगरपालिका(५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।अन्साररीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशनुसार पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइएको  प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय