Trending

सिमरा विमानस्थलको धावनमार्ग जोखिममा, निर्माण कम्पनीको लापरबाही

855Views
0 Shares

काठमाडौं । असार ८ गते
छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले बाराको सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवस्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो ।

१० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रा.लि.ले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको छ । दिउँसो १ देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले चारजना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ ।

सप्तकोशी जलाधारले पेटी ठेकेदारको रूपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न थालिएको छ । प्राधिकरणका इन्जिनियर स्मिता पुन्जालीले पानी परेका बेला काम रोक्ने गरेको बताउँदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने बताए । हाल सिमरा(काठमाडौं हवाई उडान बिहान ६ देखि दिउँसो १ बजेसम्म चारवटा कम्पनीले ५ देखि ६ वटा मात्रै उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय