इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बाबुराम भट्टराईको भनाई
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ८ गते
इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले उल्लेख गरेका छन् ।
उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ । डा.भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् , हाम्रा दलरनेता सत्तारगठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ,यो अचाक्ली महॅगीले जनताको ढाड भॉचिदैछ।खै सरकारी पहल ? ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि