Trending

पर्सामा प्रेस मंच नेपालको संगठन विस्तार गर्ने तयारी

825Views
0 Shares

काठमाडौं । असार ८ गते
पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई गोलबद्ध गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ समिति विस्तार गर्न लागिएको हो । मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा गठन भएको समन्वय समितिमा ५ जना सदस्य रहेका छन् । जसमा सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् ।

समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्यसमिति पुनः गठन गरिने निर्णय गरेको छ ।सदस्यता थप गर्ने अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । बुधबारको बैठकले मंचको कार्यालय संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रममार्फत सम्मान गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया,बंशीधर गुप्ता, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय