Trending

रूस–युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने नेटो प्रमुखको भनाई

695Views
0 Shares

काठमाडौं । असार ६ गते
नेटोका प्रमुखले रूस–युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् ।

जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस–युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार पठाउँदा युक्रेनको जीतको सम्भावना बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

पश्चिमी देशहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ । पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय