Trending

लाखौं रकम सहित सर्लाहीमा ६ जना जुवाडे पक्राउ

915Views
0 Shares

काठमाडौं । असार ६ गते
सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

प्रहरीले लामो समय देखी जुवा खाल सञ्चालन भइरहेको सुराकीको आधारमा छापा मारेको थियो । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाकोसमेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेकालाई छुटाउने विषयमा दबाब सुरु भइसकेको एक प्रहरीले जानकारी दिए ।

स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेर सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय