Trending

भैरहवास्थित होटल पौवाको स्वमिङ पुलमा डुबेर युवाको मृत्युु

845Views
0 Shares

काठमाडौं । असार ४ गते
उद्देश्य विपरित सञ्चालित भैरहवाको स्वमिङ पुलमा डुबेर एक युवाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे ।

सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाईरहेको छ । होटलको सोही स्वमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्युु भएको हो ।

गर्मी बढेसँगै स्वमीङ जानेको मानिसको संख्या बढेको छ, । गर्मी छल्न साथीहरुसँग स्वीमिङ गर्न पुगेका तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

बाल उद्यान सञ्चालन स्वीकृति पाएको कम्पनीले उद्देश्य विपरितका संरचना बनाएर होटल सञ्चालन गरिरहेको छ । होटल परिसरमा २ वटा स्वीमिङ पुल, र माछा पालनसहितको एक पोखरी पनि छ, जहाँ बेला बेलामा बोटिङ हुन्छ ।

यही साता मात्रै बुटवलमा पनि स्वमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो । होटल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरुले सुरक्षा मापदण्ड नअप्नाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो । सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नु पर्नेमा होटलहरुले वेवास्ता गर्दा दुखद घटना घट्ने गरेको छ ।

मृतकका भाइ अशोक राज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापरबाहीका कारण दुःखद घटना भएको बताए, उनले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय