Trending

श्रीलंकामा आर्थिक संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

870Views
0 Shares

काठमाडौं । असार ४ गते
आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।

सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् । यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय