Trending

जाजरकोट कांग्रेस चुनावमा अन्तर्घात गर्नेको नामावली संकलन गर्दै

735Views
0 Shares

काठमाडौं । जेठ १२ गते
नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए ।

माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु गरेको छ । वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रमा समेत समीक्षाको सार पठाउन माओवादीले अन्तरिक सर्कुलर गरेको छ । जाजरकोटमा सबैभन्दा क्षति माओवादीलाई भएको छ ।

माओवादीले अध्यक्ष र मेयर उम्मेदवार पठाएको ठाउँमा कांग्रेसले सहयोग नगरेको माओवादी आरोप छ । छेडागाड नगरपालिका, कुशे र शिवालय गाउँपालिकामा कांग्रेसले जितेको छ । माओवादीले नलगाडमा मात्र मेयर जितेको छ । छेडागाडमा उपमेयर , शिवालयमा उपाध्यक्ष , बारेकोटमा उपाध्यक्ष माओवादीले जितेको छ । बारेकोटमा गठबन्धनको तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाह पराजित भए । बारेकोटमा एमालेका उम्मेदवार वीरबहादुर गिरी विजयी भए ।

जुनिचाँदेमा माओवादीको तर्फबाट गठबन्धनकी अध्यक्षको उम्मेदवार शिवा आचार्यलाइ हराएर एमालेका उम्मेदवार वेदबहादुर शाहीले जिते । भेरीमा गठबन्धनका तर्फबाट माओवादी तर्फबाट मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका चन्द्रप्रकास घर्ती विजयी भएका थिए । उममेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसको तर्फबाट सीता जैसी विजयी भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय