Trending

बाइडेनको चेतावनीका बाबजुद चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्दै

775Views
0 Shares

काठमाडौं । जेठ १२ गते
चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।

दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।यसअघि पनि जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो, जसलाई चीनले ताइवान र अमेरिकीसाँठगाँठ विरुद्ध भएको चीनले बताएको छ ।

‘ताइवान टापुको वरिपरि जनमुक्ति सेना (पीएलए) द्वारा हालैको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र संयुक्त राज्य अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित आवश्यक कारबाही थियो’, चिनियाँ रक्षा प्रवक्ताले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय