Trending

पाँच वर्षको अवधिमा चन्दननाथ नगरपालिकाका जेष्ठनागरिक अधिकार पाउनबाट बञ्चित

825Views
0 Shares

काठमाडौं । जेठ ९ गते
पाँच वर्षको अवधिमा चन्दननाथ नगरपालिकाका जेष्ठनागरिक अधिकार पाउनबाट बञ्चित भएका छन्। उनीहरुले संविधानमा ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठनागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लागएका हुन्। जेष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुका लागि बधाई तथा स्वागत कार्यक्रमा गरिएको थियो। उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतीले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको भन्दै दुखेसो पोखे।

संविधानले दिएको सेवा सहजै रुपमा पाउनुपर्ने भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्तासमते दिन आँनाकानी गरेको बताए। अध्यक्ष भारतीले जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था गरिएको तर जुम्लाका जेष्ठ नागरिकले भने नपाएको बताए । उनले यस अघि महिला तथा बालबालिका कार्यलयले जेष्ठ नागरिकका माग सम्बोधन गरेको तर गाउँमा सरकार आएर त्यो कार्यलय खारज भएको बताए । चन्दननाथ नगरपालिकाले मेयर उपमेयर दुईवटै पदमा महिला पाएको भए पनि पाँच वर्षको अवधिभर कुनै जेष्ठ नागरिकहरुका माग पूरा नभएको बताए।

त्यस्तै नगरप्रमुख राजुसिंह कठायतले समयमै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने बताए। उनले जेष्ठ नागरिकको गुनासा सम्बोधन तयार रहेको बताए ।त्यस्तै उपमेयर रामदेवी खड्काले नगरबाट प्रवाह हुने सेवा सुविधामा जेष्ठ नागरिकका लागि कुनै कन्जुस्याइँ नहुने बताइन् । उनले जेष्ठ नागरिक डाँडामाथिका जुन जस्तै भएकाले यसको लागी नगरपालिकाले आधारभुत आबश्यकता पूरा गर्न लाग्ने बताइन् ।

त्यस्तै नवनिर्वाचित वडा अध्यक्षहरुको तर्फबाट बोल्दै नगरपालिका ४का वडाध्यक्ष नवराज देवकोटाले आफ्ना वाडाका सबै नागरिकले स्वास्थ्य विमा, व्लड बैंक स्थापनाका लागि पहल गरेको बताए। डिप्लोमा र प्रडिप्लामा पढ्ने १० विद्यार्थीहरुलाइ निस्शुल्क पढाइने र एकीकृत सहकारी मार्फत कृषि कार्यक्रम गरिने निर्णय गरेको जानकारी दिए

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय