मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले निर्वाचित
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । जेठ ९ गते
मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।
गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि