Trending

जितेन्द्र सहित २ सय एमालेमा प्रबेश गरे

910Views
0 Shares


बीरगंज १० बैशाख : पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्रले झिनो मतले पराजित भएका थिए । जसपाका पर्सा जिल्ला कार्य समितीका सदस्य समेत रहेका यादब सहित झण्डै दुइ सय जना आज एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमाले बीरगंज महानगरपालिकाको निर्बाचन परिचालन कमिटीको कार्यालयमा पार्टीका नेताहरुले खादा र अबिरको रातो टिका लगाएर एमालेमा प्रबेश गराएका हुन । उनीहरुलाई एमालेका नेतहरु प्रभु हजरा, निर्मला देबकोटा, बिचारी यादब, बसुरुद्दिन अन्सारी, बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगी, शिव गुप्ता, इमाम हुसेन खुर्रम अन्सारी लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन । सो कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले आउँदो निर्बाचन बिरगंजलाई बिकास गर्ने कि बिनास गर्ने भन्ने बीचको युद्ध भएकोले कुनै अर्थमा बिकास र परिवर्तनको पक्षपाती एमालेको उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो । आज पार्टी प्रबेश गर्नेहरुमा जितेन्द्र यादब, प्रयाग भण्डारी, रसिद अन्सारी, शेष अब्दुल कैष, सुरज पटेल, सिकेन्द्र महतो, सुनिल पासवान, जितेन्द्र हजरा, असर्फी पासवान, सेषनाथ साह,जोखन राम, खलिल अन्सारी, सन्तोष राम, नुरुल्लाहा हसन, हारुन अन्सारी, शेख फैयाज, राजेश्वर महतो, शम्भु महतो, डंकन माझी, प्रभुमाझी, भुटी महतो, बुनिलाल प्रसाद यादब, सुरेन्द्र मण्डल, रमेश प्रसाद मण्डल, शेष अतिउल्लाहा, शेष शेर महमद, शेष लाल महमद, लतिफ अन्सारी, शेष महमद, सुभाष गुप्ता लगायत रहेका छन। ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय