Trending

स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन

785Views
0 Shares

बीरगंज बैशाख  । स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन भएकाे छ । नेपाली काँग्रेस ,लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागि महिलाहरूले “महिलाको सहभागीता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइदैन” जस्ता नारा लगाएका थिए । कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाइ उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् । यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन् । महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरुले महिलाहरुको सहभागीता शुन्य पार्ने खाेजेकाे र संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान भएपनि महिलालाइ उम्मेदवार नबनाउनु प्रति विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय