• Home
  • ताजा समाचार
  • स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन
Image

स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन

बीरगंज बैशाख  । स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन भएकाे छ । नेपाली काँग्रेस ,लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागि महिलाहरूले “महिलाको सहभागीता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइदैन” जस्ता नारा लगाएका थिए । कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाइ उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् । यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन् । महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरुले महिलाहरुको सहभागीता शुन्य पार्ने खाेजेकाे र संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान भएपनि महिलालाइ उम्मेदवार नबनाउनु प्रति विरोध जनाएका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *