Trending

सेतो मच्छिन्द्रनाथको रथलाई असनबाट तानेर वसन्तपुर पुर्याइँदै

860Views
0 Shares

काठमाडौं । चैत २७ गते
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथलाई आज असनबाट तानेर वसन्तपुर पुर्याइँदै छ । रथयात्रामा सयौँको सहभागिता देखिएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ ।

सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ ।सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले पहिलो दिन हिजो रथ असन पुर्याइएको जनाएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भिड लागेको छ । आज दोस्रो दिन रथलाई असनबाट तानेर वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ ।तेस्रो दिन भोलि वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । काठमाण्डौमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय