For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने
Image

दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

काठमाडौं । चैत २७ गते
काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।

विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।

यसैगरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुवाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व बिभागले निर्देशन दिएको छ । बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *