Trending

महत्वपूर्ण आर्थिक मुद्दामा सरोकारवाला एकै ठाउँमा हुनुपर्ने –उद्योगमन्त्री बडु

1.1kViews
0 Shares

 

काठमाडौं । चैत २६ गते
महत्वपूर्ण आर्थिक मुद्दामा सरोकारवाला एकै ठाउँमा हुनुपर्ने नवनियुक्त उद्योग, वाणिज्य तथाआपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् ।आफूलाई भेट्न पुगेका नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमानि यमनकारी निकाय अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सबैले अहिलेदेखि नै सामूहिक प्रयास नगर्ने हो भने अर्थतन्त्रमा समस्या आउने जिकिर गरेका छन् ।

उनले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित सबै निकायहरू एकै ठाउँमा हुनुपने बताए । निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्ने उनको भनाइृ छ । मन्त्री बडुले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरेका छन् । अर्थतन्त्र निजी क्षेत्रले चलायमान बनाउने हो, सरकारको भूमिका तपाईंहरूका लागि सहजीकरण गरिदिने बताउँदै औद्योगिक वातावरण निर्माणका लागिनिजी क्षेत्रलाई के आवश्यक जानकारी गराउन आग्रह गरेका छन् ।

परिसंघका र्यबाहकअध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने कामभइरहेको भन्दै यसले अर्थतन्त्रमाथप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गरे । उनले निजी क्षेत्रले तरलता अभाव, उच्चब्याजदर, चालु पुँजीकर्जाको समस्या, वैदेशिक व्यापारमा नियन्त्रणको समस्या ब्यहोरिरहेको जानकारी गराए ।नेपाल राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नेतर्फ सचेत हुन पनि परिसंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय