Trending

प्रधानमन्त्रीको​​​​​​​ भारत भ्रमणबारे ओलीले झुट बोले – कांग्रेसका महामन्त्री थापा

790Views
0 Shares

 

काठमाडौं । चैत २० गते
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् । थापाले ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा आफु बाहिर रहेको भनेको बताए । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर ओलीले झुट बोलेको बताए । ओलीले केही दिनअघि प्रधानमन्त्री देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसकेको र उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिन आउनु भनेको स्मरण गरे । अनि आफुले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको र तपाईं पनि लिन आउनुस् भन्न मिल्छ भन्दे प्रश्न गर्नु भयो ।महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् ।

ओलीप्रति प्रश्न गर्दै थापाले ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्ने बताए । स्थानिय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे । यस्तै थापाले जनतासगँ नेता डराउनुपर्ने बताएका छन् । अघिल्लो चुनावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय