• Home
  • Uncategorized
  • झापामा मोटरसाइकल चालकको मृत्यु
Image

झापामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, २० चैत

झापाको गौरादह नगरपालिका–१ मा शनिबार बेलुकी रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् ।

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर  ठोकिएको थियो ।

हिजो बेलुकी सवा ७ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *