रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे टेलिफोन संवाद

770Views
0 Shares

काठमाडौं । फागुन १ गते
शनिबार युक्रेन संकट चुलिएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवाद गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच शनिबार करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन् ।क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताए ।

दुई नेताबीच यसअघि २०२१ को अन्त्यतिर र त्यसअघि डिसेम्बर ७ मा भिडियो संवाद भएको थियो । २०२१ को जुनमा पहिलो पटक जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।वासिङ्टन र उसका सहयोगीहरूले रुसी फौजले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । तर, युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै पश्चिमा आरोपलाई अस्वीकार गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय