#Birgunj

बिरगंज
२०७८/१०/२६ दीउसो १:०० बजे प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज अन्तर्गत बिरगंज म. न. पा वडा न. १३ राधेमाई स्थित वडा प्रहरी कार्यालय श्रीपुर पर्सा को प्राङ्गनमा तालुक जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुर पर्साको आयोजनामा ऐ. बिरगंज म. न. पा. वडा न. ११, १५, १७, १८, का बिपन्न तथा आर्थिक अतिथी कमजोर भएका १०० घरका परिवारलाई न्यानो कपडा जस्तै भेस्ट, पाइन्ट, ज्याकेट, जुत्ता, समेत यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम को हातबाट वितरण गरी उक्त कार्यक्रम सोही दिन दिउसो १५:३० बजेको समयमा समपन्न भएको जानकारी वडा प्रहरी कार्यालय श्रीपुर ले जनाएको हो |















