अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको रुसी राष्ट्रपतिे पुटिनको दाबी

820Views
0 Shares

काठमाडौं । माघ २० गते
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा जारी पछिल्लो टकरावलाई रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको उनको दाबी छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो । त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै पुटिनले अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका हुन् । यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन् । रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोकिनपर्ने बताउँदै आएको छ ।

तर उक्त माग अमेरिकालगायतका राष्ट्रहरूले बेवास्ता गर्दै आएका छन् । युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्यहरू राष्ट्रहरूलाई पनि रुससँगै युद्धमा तान्न सक्ने पुटिनको चेतावनी छ ।रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ । यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय